site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

याङ्गुन । म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमारको नेपिडोको एक होटेल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

भग्नावशेषमा दुईजना फसेको र म्यान्मारको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एकजनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।

स्थानीय समयअनुसार मंगलबार अपराह्न ३ः०० बजे होटेलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।

बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro