site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयका १० हजार कर्मचारीलाई बर्खास्त गर्दै ट्रम्प प्रशासन

काठमाडौं । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (एचएचएस)का कर्मचारीहरूले डोनाल्ड ट्रम्प प्रशासनबाट बर्खास्तीको सूचना पाउन थालेका छन् ।

एबीसी न्युजका अनुसार, स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले मन्त्रालयका १० हजार कर्मचारीलाई जागिरबाट हटाउने घोषणा गरेको केही दिनपछि उनीहरूले बर्खास्तीको सूचना पाउन थालेका हुन् । बर्खास्त भएका कर्मचारीमा धूम्रपान लत, मानसिक स्वास्थ्य र कार्यस्थल सुरक्षाजस्ता विषयमा काम गर्ने कर्मचारी छन् ।

कर्मचारी कटौतीको निर्णय कतिपय कर्मचारीले मंगलबार कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए । उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो ।

यस बर्खास्तीले खाद्य तथा औषधि प्रशासन (एफडीए)का तीनहजार ५०० कर्मचारी र रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)का दुईहजार ४०० कर्मचारीलाई प्रभाव पार्ने एबीसी न्युजले जनाएको छ । यी दुवै सार्वजनिक स्वास्थ्य विभागको कर्मचारी संख्याको लगभग पाँच भागको एक भाग छ । यी दुवै विभाग एचएचएसअन्तर्गत पर्छन् ।

अघिल्लो केही महिनामा अग्रिम सेवानिवृत्ति भएर वा राजीनामा दिएका कार्यक्रममार्फत निस्किएका लगभग १० हजार जनालाई समेट्दै, एचएचएसको कर्मचारी संख्या ८२ हजारबाट घटाएर ६२ हजारमा झारिनेछ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले भनेका छन्, "एचएचएसका सबैका लागि यो एक कठिन क्षण हो । हामी बर्खास्त भएकाहरूप्रति दु:ख व्यक्त गर्दछौँ । तर वास्तविकता के छ भने हामीले दिशा परिवर्तन गर्नुपर्छ । एचएचएसलाई रोग उपचारमात्र होइन, रोकथाममा जोड दिन पुनर्गठन गर्न आवश्यक छ ।"

मन्त्री केनेडीले यस कटौतीले आवश्यक स्वास्थ्य सेवालाई प्रभाव नपार्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro