site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्छ : स्वास्थ्यमन्त्री 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा दाताको बजेट कटौती भए पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने बताएका छन् । मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रहरूसँग अन्तरक्रियाका क्रममा मंगलबार मन्त्री पौडेलले आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाएका हुन् ।

“दातृ निकायहरूबाट बजेट कटौती भएको समस्या हाम्रा आमसमस्या हुन् । तर, हामीले भएका स्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौँ,” उनले कर्मचारीहरूसित भने ।

मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने र आर्थिक वर्षको अन्त्यसम्म अधिकतम नतिजा प्राप्त हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

“हामीसँग बजेटमा स्रोत छ, तर सोचजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौँ । अब चार महिना बाँकी छ, पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला,” उनले कर्मचारीलाई भने । 

प्रभावकारी कामका निम्ति आवश्यक नीतिगत सुधारमा आफ्नो हरसम्भव प्रयास हुने मन्त्री पौडेलको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro