site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिनेटर बुकरले अमेरिकी सिनेटमा २५ घण्टा भाषण गरेर बनाए नयाँ रेकर्ड  

काठमाडौं । अमेरिकी सिनेटर (माथिल्लो सदनका सांसद) कोरी बुकरले  सिनेटमा अहिलेसम्मकै सबैभन्दा लामो भाषण गरेर रेकर्ड कायम गरेका छन् । 

अमेरिकाको न्यू जर्सीलाई प्रतिनिधित्व गर्ने सिनेटरले सोमबार साँझ सिनेटको मञ्चमा उभिएर २५ घण्टा ४ मिनेटसम्म लगातार भाषण गरेको बीबीसीले जनाएको छ ।

डेमोक्र्याट पार्टीका राजनीतिज्ञ बुकरले यो भाषण ट्रम्प प्रशासनको आलोचनामा बिताए । उनले यसलाई अमेरिकी इतिहासको ‘गम्भीर र अत्यावश्यक’ क्षणको संज्ञा दिए ।

यसअघि अमेरिकी सिनेटमा सबैभन्दा लामो भाषण गर्ने रेकर्ड रिपब्लिकन पार्टीका सिनेटर स्ट्रोम थर्मन्डको नाममा थियो । उनले सन् १९५७ मा नागरिक अधिकार ऐनविरुद्ध २४ घण्टा १८ मिनेटसम्म लगातार भाषण गरेका थिए ।

“म अमेरिकी सिनेटको नियमित काम अवरुद्ध गर्ने उद्देश्यले यहाँ उभिएको छु, जति समय सम्भव हुन्छ त्यति समयसम्म बोल्छु,” बुकरले मंगलबार साँझ करिब ७ बजे आफ्नो म्याराथन भाषणको सुरुमा भने । 

“म आज राति यहाँ उभिएको छु किनभने म इमान्दारीपूर्वक भन्छु, हाम्रो देश संकटमा छ ।” 

बुकरको भाषण कुनै ऐन पास हुन नदिने उद्देश्यले गरिएको लामो भाषण भने होइन । तर, यसले मंगलबार सिनेटको कानुन निर्माण प्रक्रियालाई अवरुद्ध गर्‍यो । उनले आफ्नो भाषण बिहान ८ : ६ बजे समाप्त गरे ।

५५ वर्षीय बुकर सिनेटमा डेमोक्र्याक पार्टीको चौथो वरीयताका नेता हुन् । उनले आफ्नो भाषणको केही समय आफ्ना भोटरहरूका पत्रहरू पढेर बिताए । ती चिठीमा भोटरहरूले आफू राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट पीडित भएको बताएका थिए ।

भाषणको क्रममा अफ्रिकीमूलका अमेरिकी सिनेटर बुकरले आफ्नो वंशावलीको बारेमा पनि कुरा गरे । उनका अनुसार उनी दास तथा दास मालिक दुबैको सन्तान हुन् । बीबीसी

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro