site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २७ सय नाघ्यो 

काठमाडौं । म्यानमारमा गत शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २७ सय नाघेको छ । भूकम्पबाट बाँचेकाहरू पनि अहिले खाना, पानी र आवासको अभावसँग जुधिरहेको अस्ट्रेलियाको टेलिभिजन संस्था एबीसीले जनाएको छ ।

म्यानमारको टेलिभिजनमा प्रसारित आफ्नो भाषणमा देशको सैन्य साशक मिन आङ ह्लाइङले ७.७ म्याग्निच्युडको भूकम्पले म्यानमारमा मात्र तीन हजारभन्दा बढी मृत्यु हुनसक्ने बताएका छन् । 

उनका अनुसार मंगलबारसम्ममा मृतकको संख्या दुई हजार ७१९ पुगेको छ । चार हजार ५२१ जना घाइते भएका छन् । ४४१ जना हराइरहेका छन् ।

उक्त भूकम्पको कारण थाइल्यान्डमा २१ जनाको मृत्यु भएको छ । सयौँ भवनहरूलाई क्षति पुर्‍याएको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro