site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बादल लाग्ने तर वर्षा नहुने, किन ?

काठमाडौं । देशका केही भूभागमा आज हिमपात भए पनि वर्षाको सम्भावना भने छैन । 

देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“आज देशका धेरै स्थानमा बादल लाग्नेछ । तर, बादल लागे पनि वर्षा हुने छैन,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “कोसीदेखि लुम्बिनी प्रदेशसम्म बादल लाग्नेछ । मौसममा बदली हुनेछ तर, वर्षा हुने छैन ।” 

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभाव रहेका कारण बादल लागे पनि वर्षा हुन नसकेको हो । 

पश्चिमी र स्थानीय वायुको उच्च प्रभाव भएको खण्डमा भने वर्षाको सम्भापना हुन्छ । 

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छैन । मौसमविद् झाका अनुसार कामाडौंका आज अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्यिसको बीचमा रहनेछ । 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro