site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा अमेरिकी उत्पादन निर्यात गर्न लगभग असम्भव : अमेरिका

काठमाडौैं । अमेरिकाले भारतलाई ‘बढी कर लगाउने’, ‘अनुचित’ र ‘हानिकारक’ देशको सूचीमा राखेको छ । सोमबार ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलन गरेर उक्त कुरा बताएको भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
 
उनले आफ्नो देशका कृषि उत्पादनमा भारतले एक सय प्रतिशत भन्सार र अन्य कर लगाएको बताइन् । जसका कारण भारतमा अमेरिकी उत्पादन निर्यात गर्न लगभग असम्भव भएको उनले बताएकी छिन् । 

प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार भारतबाहेक युरोपियन युनियनले अमेरिकी डेरी उत्पादनमा ५० प्रतिशत, जापानले अमेरिकी धानमा सात सय प्रतिशत र क्यानडाले अमेरिकी नौनी र चिजमा तीन सय प्रतिशत कर लगाएका छन् । उनीहरूले अनुचित व्यापारिक अभ्यास गरेको लेभिटको आरोप छ । 

“अब पारस्परिक शुल्क लगाउने समय आइसकेको छ । अमेरिकी जनताको हितमा ऐतिहासिक परिवर्तन गर्ने समय आइसकेको छ । यो बुधबारदेखि लागु हुनेछ,” लेभिटले भनिन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च महिनको सुरुमा अमेरिकामाथि बढी कर लगाउने विभिन्न व्यापारिक साझेदार देशमाथि अप्रिल २ देखि पारस्परिक शुल्क लगाउने बताएका थिए । ट्रम्पले अप्रिल २ देखि लागु हुने प्रमुख करहरु अमेरिकाका लागि ‘गेम चेन्जिङ’ सावित हुने भनेका थिए । 

त्यसैकारण उनले अप्रिल २ लाई ‘मुक्ति दिवस’ भनेका छन् । 


 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro