site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुलमान र हितेन्द्रको मुद्दाले अरू ३० मुद्दा 'हेर्न नभ्याइने'मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र र नियुक्त गरिएका हितेन्द्रदेव शाक्यको मुद्दामा सुनुवाइ लम्बिएपछि अरू ३० मुद्दा 'हेर्न नभ्याइने'मा परेका छन् ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा रहेका ३२ मुद्दामध्ये कुलमानको 'क' र हितेन्द्रदेवको 'ख'मा परेका थिए । तर, बिहानदेखि अहिलेसम्म कुलमानको मुद्दामा सुनुवाइ जारी छ । हितेन्द्रबाहेक सबै मुद्दा 'हेर्न नभ्याइने' भनेर पेसी सूचीमा जनाइसकिएको छ ।

यही चैत १४ गते दर्ता भएका रिटमा सुनुवाइ गर्दै चैत १५ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कुलमान र हितेन्द्रका दुवै मुद्दामा अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई डाकेर चैत १७ गतेको पेसी तोकेको थियो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारंका सुवेदीको इजलासमा चैत १७ गते हेर्न नमिल्नेमा परेपछि आजका लागि पेसी सरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro