site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवानलाई घेरेर चीनले थाल्यो ‍सैन्य अभ्यास

काठमाडौं । चीनले ताइवानलाई चारैतिरबाट घेरेर ठूलो स्तरको सैन्य अभ्यास सुरु गरेको छ । चीनले मंगलबार बिहानदेखि पूर्वसूचनाबिना सैन्य अभ्यास थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)का प्रवक्ताले सैन्य अभ्यासमार्फत ताइवानको निर्वाचित सरकारलाई कडा चेतावनी दिइएको बताएका छन् ।

चीनले लोकतान्त्रिकरूपमा सञ्चालित टापुका नेताहरूले युद्धतिर धकेलिरहेको आरोप लगाएको छ । चीनले ताइवानका नेताहरूलाई 'पृथकतावादी' र 'परजीवी'को आरोप लगाएको छ ।

पीएलए नौसेना, सेना र रकेट फोर्सका सैन्य बल सबै दिशाबाट ताइवानतर्फ अघि बढेको सैन्य अभ्यास समन्वय गर्ने चीनको पूर्वी थिएटर कमान्डले जनाएको छ ।

कमान्डका अनुसार, सैन्य अभ्यासमा समुद्र र हावामा युद्ध तयारी गस्ती, समग्र नियन्त्रण, समुद्री र जमिनका लक्ष्यमा प्रहार र प्रमुख क्षेत्र र मार्गहरूमा नाकाबन्दी नियन्त्रणजस्ता विषयलाई केन्द्रित गरिने छ ।

अभ्यासमा ताइवानको मुख्य टापुनजिकै गस्ती गर्ने चीनको कोस्ट गार्ड पनि संलग्न छ । चीनको सैन्य प्रगतिको एक प्रमुख तत्व कोस्ट गार्ड, म्यारिटाइम मिलिसिया फ्लिट र सैन्य परिवहनका लागि नागरिक जहाजको रूपान्तरण वा निर्माणजस्ता गैरसैन्य साधनहरूको एकीकृत स्वरूपलाई मानिन्छ ।

द गार्जियनबाट ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro