site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तालिबानलाई प्रतिबन्धित आतंककारी संगठनको सूचीबाट हटाउँदै रुस

काठमाडौं । रुसको सर्वोच्च अदालतले तालिबानलाई आफ्नो देशको प्रतिबन्धित आतंककारी संगठनको सूचीबाट हटाउने विषयमा यही महिनाभित्र निर्णय गर्ने भएको छ । रुसले सन् २००३ देखि तालिबानलाई आफ्नो देशको प्रतिबन्धित आतंककारी संगठनको सूचीमा राखेको छ ।

रुसको महान्यायाधिवक्ताको कार्यालयको आग्रहमा अदालतले अप्रिल १७ मा  फैसला गर्न लागेको त्यहाँका विभिन्न समाचार संस्थालाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले जनाएको छ ।

उक्त दिन सम्भवतः अदालतले तालिबानलाई देशको आतंककारी संगठनको सूचीबाट हटाउने निर्णय गर्नेछ ।

रुसले तालिबानलाई आतंककारी सूचीबाट नहटाए पनि सन् २०२१ मा उक्त संगठन अफगानिस्तानको शासनसत्तामा आएदेखि कूटनीतिक सम्बन्ध राख्दै आएको छ ।

गएको डिसेम्बरमा राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि संगठनले आतंककारी गतिविधि त्यागेमा अदालतले त्यस्तो सूचीबाट हटाउन सक्ने प्रावधानसहितको एक कानुन अनुमोदन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro