site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमले इजभिजको वाइफाइ आईपी क्यामेरा बिक्री वितरण गर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक डिशहोमले इन्टरनेटसँगै सुरक्षा निगरानीका निम्ति वाइफाइ आईपी क्यामेरा उपलब्ध गराउने भएको छ । वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो ।

घर निगरानी राख्न इजभिजले उत्पादन गर्ने वाइफाइ आईपी क्यामेरा विश्वभर अग्रणी स्थानमा पर्छ । क्यामेरा उत्पादक तथा इन्टरनेट सेवाप्रदायकको यो सहकार्यले सहरी र अर्धसहरी घरपरिवारमा भरपर्दो र स्मार्ट निगरानीका निम्ति प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

डिशहोम र इजभिजको सहकार्यले डिशहोमका प्रयोगकर्ताका निम्ति झन्झटमुक्त वाइफाइ आईपी क्यामेरामार्फत आफ्नो घरको सुरक्षा निश्चित गर्न सहज बनाउने र निरन्तर ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

इजभिजको उन्नत निगरानी क्यामेरामा उच्च भिडियो गुणस्तर, नाइट भिजन, मोसन डिटेक्सन क्षमता र मोबाइल एपमार्फत सहजै पहुँच पाउन सकिनेजस्ता सुविधा उपलब्ध छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro