site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमच्याम नेपाल र परिसंघको सहकार्यमा अमेरिकामा ‘टेक पिक नेपाल : ओर्लान्डो’ सम्पन्न

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपाल र उद्योग परिसंघ (सीएनआई)को संयुक्त पहलमा अमेरिकामा ‘ओरलान्डो र इमर्ज अमेरिका मियामी प्रविधि सम्मेलन’मा ‘टेक पिक नेपाल : ओर्लान्डो २०२५’ सम्पन्न भएको छ ।

त्यसअवसरमा एमच्याम नेपालले नेपालका आईटी तथा आईटीईएस कम्पनीलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउट सोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस एन्ड आउटसोर्सिङ विक (एसएसओडब्ल्यू) सम्मेलन २०२५’ र मियामीमा आयोजित ‘इमर्ज अमेरिका’मा सहभागिता जनाएको छ ।

कुल ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा सात विभिन्न कम्पनीका प्रतिनिधि सहभागी भएका एमच्यामले जनाएको छ । त्यहाँ पीडब्ल्यूसी, इन्फोसिस, क्यापजेमिनी, कोग्निजन्ट, विप्रो, एसएपीलगायत ठूला अमेरिकी कम्पनीसँग प्रत्यक्ष सम्पर्क गर्दै नेपाललाई सूचना प्रविधि आउट सोर्सिङको उदाउँदो गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro