site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुम्लामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका ४ दुल्ली गाउँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

सदरमुकाम सिमकोटबाट सर्केगाडतर्फ जाँदै गरेको भे१ख ३७६४ नम्बरको ठक्करबाट अन्दाजी ६० वर्षीया नानीकली थापाको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको बताए । “सडकमा हिडिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको हो । चालकलाई नियन्त्रणमा लिएर सर्केगाड प्रहरी चौकीमा राखिएको छ,” पोखरेलले भने ।

उनका अनुसार थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकको लापरबाहीले थापाको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro