site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
कतारले इदको अवसरमा दियो १८ नेपाली कैदीलाई आममाफी

काठमाडौं । कतारले इदको अवसरमा १८ नेपाली कैदीलाई आममाफी दिएको छ । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको छ ।

“पवित्र महिना रमजान र इदको अवसरमा १८ नेपाली कैदीलाई दिइएको आममाफीको लागि कतार सरकारप्रति नेपाल सरकार आभार व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मानवीय आधारमा आममाफी दिने यस प्रकारको कार्यलाई परराष्ट्र मन्त्रालयले उच्च मूल्यांकन गरिएको जनाएको छ ।

नेपाल सरकारले दोहास्थित नेपाली दूतावासमार्फत अनुरोध गरेपछि कतारले १८ नेपाली कैदीलाई आममाफी दिने निर्णय लिएको थियो ।
 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro