site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महानगरको जरिवाना तिर्न राजावादीले चलाएको अभियानबाट चार लाख ५० हजार संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरूले रकम संकलन अभियान चलाएका छन् । सामाजिक सञ्जालमा राजावादीलाई समर्थन गर्दै आएका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाका अनुसार, हालसम्म चार लाख ५० हजार उठिसकेको छ ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो अधिकार प्रयोग गरेको भन्दै उनलाई गाली नगर्न पनि बास्तोलाले आग्रह गरेका छन् । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा तोडफोड र फोहोर गरेको आरोपमा महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो ।

‘लौ म ५० हजार दिन तयार छु, अरु को हुनुहुन्छ, सबै मिलेर तिरौँ’ भन्दै अभियान सुरु गरेका थिए ।

शनिबार महानगरले विभिन्न ९ शीर्षकमा आटवटा पत्र काट्दै सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । सो पत्र लिएर आइतबार बिहान महानगरको नगरप्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले पत्र नबुझ्दा टोली गेटबाटै फर्किएको थियो । त्यसपछि महानगरले हुलाकमार्फत पत्र पठाएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro