site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ३२ अंकले बढेर २७ सय विन्दुनजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (चैत १७) सेयर बजार ३२ अंकले बढेको छ । बजार परिसूचक ३२.२४ अंक बढेको हो । योसँगै बजार मापक २६९५.५५ विन्दुमा उक्लिएको छ ।

यस दिन २२२ कम्पनीको सेयर मूल्य बढेको छ । २२ कम्पनीको सेयर मूल्य घटेको छ । सात अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

एक करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटकमा खरिद–बिक्री भएको छ ।

जोशी हाइड्रो, दोर्दीखोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परे ।

प्रभु स्मार्ट फन्ड, सामुदायिक लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रो, बोटलर्स नेपाल (बालाजु) लिमिटेड धेरै गुमाउनेको शीर्ष पाँच कम्पनीमा रहे ।

समूहगत उपसूचकतर्फ म्युचअल फन्डबाहेक सबै सूचक बढेका छन् । म्युचअल फन्ड ०.०९ प्रतिशतले घटेको छ । लगानी समूह २.०७, फाइनान्स समूह २.०६, अन्य समूहसूचक २.०४ प्रतिशतले बढेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro