site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पले फेरि भने– ग्रिनल्यान्ड लिएर छाड्छौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वामित्वमा रहेको ग्रिनल्यान्ड प्राप्त गर्ने प्रयासलाई जारी राख्ने बताएका छन् ।

ग्रिनल्यान्डले ट्रम्पको प्रस्तावलाई अस्वीकार गरिसकेको छ । तर, पनि ट्रम्पले ग्रिनल्यान्ड लगेरै छाड्ने अडान दोहोर्‍याएका छन् ।

“हामी ग्रिनल्यान्ड लिनेछौँ । सय प्रतिशत लिनेछौँ,” एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन् ।

शुक्रबार ग्रिनल्यान्डस्थित अमेरिकी सैन्य अड्डाको भ्रमणका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले डेनमार्कको कडा आलोचना गरेका थिए । डेनमार्कको कमजोर सुरक्षा प्रबन्धका कारण रुस र चीनबाट ग्रिनल्यान्डमा आक्रमणको जोखिम बढाएको उनको आरोप थियो ।

भान्सले ग्रिनल्यान्डवासीलाई डेनमार्कबाट अलग हुन आह्वान गरेका थिए । उनले अमेरिकासँग ग्रिनल्यान्ड क्षेत्र किनबेच गर्ने विषय तय गर्ने मार्ग खुला गर्न पनि बनेका थिए ।

तर, ग्रिनल्यान्ड लिन सैन्य शक्तिको प्रयोग गर्नुपर्ने अवस्था नआउने विश्वास पनि ट्रम्पमा रहेको उपराष्ट्रपति भान्सको भनाइ छ ।

यूएसए टुडेबाट ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro