site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको वायु खतराको तहमा, एक्यूआई साढे ३०० नाघ्यो
फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको भैँसेपाटीको वायु खतराको तहमा पुगेको छ । आइतबार दिउँसो २:३० बजेतिर भैँसेपाटी क्षेत्रको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) ३६९ छ ।

वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका तीन स्थानको वायु अस्वस्थकर छ । काठमाडौंको शंखपार्कको एक्यूआई १६९, रत्नपार्कको १५४ र ललितपुरको खुमलटामार १६२ मापन भएको छ । यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro