site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुने घटना अनुसन्धानका निम्ति प्रहरीले सर्वसाधारणसँग माग्यो सूचना

काठमाडौं । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो ।

“मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध छ,” प्रहरीले माग गरेको सूचनामा भनिएको छ ।

सूचना र सूचनाकर्ताको गोपनीयता कायम राख्ने पनि प्रहरीले जनाएको छ । 

487722875_977470127848844_26627610324813466_n-(1)-1743321271.jpg
 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro