site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

नेपाल प्राकृतिक सौन्दर्यका लागि त दुनियाँमै बेजोडा छँदैछ प्राकृतिक प्रकोपमा पनि उत्तिकै जोखिमपूर्ण छ । हिउँ पहिरोदेखि भुइँचालोसम्मका प्रकोपहरूको जोखिम नेपालले बर्सेनि सामना गर्दैआएको छ । वर्षायाममा बाढी पहिरो र हिउँदमा डँडेलो भने सबैभन्दा बढी सामना गर्नुपर्ने जोखिम हुन् ।

बर्सेनि हिउँद लागेपछि सुरु हुने आगलागी र डँडेलोको प्रकोप सुरु भइसकेको छ । केही वनहरूमा डँडेलो लागिसकेको छ भने घर र बस्तीमा आगलागी पनि हुनथालेको छ । हुँदाहुँदा चैत १५ गते काठमाडौंमा ‘राजावादी’ उपद्य्राहरूको हुलले आगजनी गरेर एउटा घर ध्वस्त बनाइदिए ।

आगलागीका घटना र जोखिमका तुलनामा नियन्त्रणका प्रयास भने हुनसकेको देखिँदैन । राज्यले मात्र होइन परिवारहरू र व्यावसायिकहरूले समेत आगलागी नियन्त्रणका लागि आवश्यक तयारी गरेका हुँदैनन् । सम्भवतः आगलागीबाट हुने क्षति बढ्नुको मूल कारण पनि यही हेलचेक्य्राइँ हो । 

काठमाडौंका तीनकुनेमा आगो निभाउन गएको दलकललाई उपद्य्राहरूले ढुंगामुढा अवरोध गरे  । फलस्वरूप जनधनको थप क्षति भयो । सुनसरीको इटहरीमा एउटा भवनमा गत मंगलवार लागेको आगो निभाउन भने ९ वटा दमकल प्रयोग गरिए पनि प्रभावकारी हुनसकेन । धन्न, उद्धारकर्मीहरू बेलैमा पुगेर मानवीय क्षति भएन । तर भवनको उचाइका कारण साधारण दमकलहरू प्रभावकारी हुनसकेनन् ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रकाअनुसार देशमा २०८१ वैशाख १ देखि चैत १३ गतेसम्ममा रेकर्ड भएका ४ हजार ५९६ वटा आगलागी तथा डढेलोका घटना ८४ जनाले ज्यान गुमाइसकेका छन् भने अर्बौंको क्षति भएको छ । २०८१ पुसमा ३५६ वटा आगलागी तथा डढेलोका घटना रेकर्ड भएका थिए । यो संख्या माघमा ४२६ पुगेको थियो भने फागुनमा ४५४ । चैत १ देखि १३ गतेसम्म ४११ वटा आगलागी र डढेलोका घटना रेकर्ड भइसकेका छन् । यस्तै बितेका १४ वर्षमा आगलागी र डँडेलोमा परि नेपालमा १ हजार १२५ जनाको ज्यान गएको छ ।

आगलागीका प्रायः सबै घटना रोक्न वा नियन्त्रण गर्न सकिने नै हुन् भने वनमा लाग्ने डँडेलो रोक्न निकै कठिन कार्य हो । नेपालमा त अझ केही वर्षसम्म बस्ती जोखिममा नपरेसम्म वनको डँडेलो निभाउने चलन पनि थिएन । यसैले राज्यले आगोबाट हुने विपत्तिको रोकथाम र नियन्त्रणको पूर्वतयारीमा पर्याप्त ध्यान नदिएको हो कि? 

आगलागी नियन्त्रणका निम्ति राज्य, परिवार र समुदाय सबै तहमा चेतना र तयारी हुने हो भने धेरै क्षति कम हुनसक्छ । सबै पारिवारिक, व्यावसायिक घरहरूमा समेत आगो निभाउन ‘फायर एक्स्टिङगुसर’हरू राख्ने हो भने अधिकांश आगलागीका घटनामा क्षति कम गर्न सकिनेछ । स्थानीय पालिकाहरूले यसलाई अनिवार्य बनाउन अग्रसरता लिनुपर्छ र आवश्यक देखिए नागरिकलाई सहयोग पनि दिनुपर्छ । 

वनमा लागेको डँडेलो निभाउन यदाकदा हेलिकप्टरको प्रयोग गरिए पनि आर्थिक दृष्टिले महँगो पर्ने र पर्याप्त हेलिकप्टरहरूको अभावका कारण व्यापक प्रयोग हुन सकेको छैन । वन क्षेत्रका पानीका स्रोतको संरक्षणका साथै नयाँ पोखरीहरू बनाएर पानी सङ्कलन गरिराखेमा डँडेलो नियन्त्रणमा सहयोग पुग्ने हुनाले यसलाई विशेष अभियानकै रूपमा राज्यले सञ्चालन गर्नुपर्ने देखिन्छ । 

देशमा गगनचुम्वी भवनहरू बने तर तिनमा आगलागी भयो भने निभाउन सक्ने दमकल भने छैन । गगनचुम्वी भवन बनाउने अनुमति दिने निकाय र बनाउनेहरूले आगलागी नियन्त्रणका लागि पनि त सोच्नुपर्ने हो १ यसका लागि कम्तीमा महानगरहरूले आफ्नो नगरको सबैभन्दा अग्लो भवनमा आगलागी हुँदा निभाउन सक्ने दमकलको व्यवस्था गर्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro