site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २७ घाइते
प्रतीकात्मक तस्बिर ।

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा शनिबार (चैत १६) भारतीय नम्बरप्लेटको ट्याक्टर  दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । 

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीनजनालाई बढी चोट लागेको उनले बताए ।

प्रहरीका अनुसार, धनगढी उपमहानगरपालिकास्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री सवार ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नम्बर खुल्न सकेको छैन ।

बेहडाबाबालाई सीमापारिका भारतीय नागरिकले कुलदेवताका रूपमा पुज्ने गर्छन् ।

घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरी उपचारका निम्ति धनगढीस्थित सेती प्रादेशिक र अरू अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro