site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या ६९४ पुग्यो

काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पका कारण हालसम्म कम्तीमा ६९४ जनाको मृत्यु भएको छ  । एक हजार ६७० जना घाइते भएका छन् ।

म्यानमारका सैन्य शासन प्रमुख मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताएका छन् । 

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो ।

सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । धेरै कामदार अझै पनि यसमा फसेको आशंका छ । बीबीसी
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro