site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बीचसडकमा मोर्चाको मञ्च, सवारीसाधनलाई टुँडिखेल घुम्न बन्द

काठमाडौं । समाजवादी मोर्चाले आज (चैत १५) दिउँसो गर्न लागेको प्रदर्शनका निम्ति प्रदर्शनीमार्ग (भृकुटीमण्डप)स्थित सडकमा मञ्च बनाइएको छ । सोही कारण टुँडिखेल घुमेर आवतजावत गर्ने सबै किसिमका सवारीसाधन ‘डाइभर्सन’ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।

“बिहानैदेखि मञ्च बनेकाले टुँडिखेल घुमेर आउजाउ हुने सवारीसाधनहरू डाइभर्सन गरिएको छ । अहिलेसम्म अन्यत्र डाइभर्सन गरिएको छैन,” उनले बाह्रखरीसित भने ।

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीको सभा आयोजना गरिएको छ ।

पुरानो बसपार्कदेखि भद्रकाली, दरबारमार्गदेखि वीर अस्पतालसम्म पुग्ने सवारीसाधन डाइभर्सन गरिएको छ । प्रदर्शनीमार्गबाट राष्ट्रिय सभागृहतर्फ जाने सवारीसाधन पनि डाइभर्सन गरिएको ट्राफिकले जनाएको छ ।

“माइतीघर मण्डलाबाट भद्रकालीतर्फ साना सवारीसाधन डाइर्भसन गरिएको छ । ठूला सवारीसाधन भने बन्द गरिएको छ,” एसपी गिरीले भने ।

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले मध्याह्न १२ बजेदेखि भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

पूर्वराजाका समर्थकलाई चत्रपथबाहिर मात्र जुलुस निकाल्न दिइनेछ । समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरिएको छ ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर दिउँसो १ बजे प्रदर्शन गर्दै छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro