site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा आम चुनावको उत्साह बढ्दै, जनमत सर्वेक्षणमा को बलियो ? 

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शुक्रबार देशमा मे ३ मा संघीय चुनाव हुने घोषणा गरेका छन् । एन्थोनीको लेबर पार्टीसँग हाल झिनो बहुमत छ ।

जनमत सर्वेक्षणले अस्ट्रेलियाका दुई प्रमुख राजनीतिक दलहरू लेबर पार्टी र लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने भविष्यवाणी गरेको छ । 

अहिलेको अवस्थामा दुवै प्रमुख राजनीतिक दलहरूले स्वतन्त्र सांसदहरू वा अन्य साना दलहरूमा भर पर्नुपर्ने अवस्था छ । 

सन् २०२२ मा भएको चुनावमा साना दल र स्वतन्त्र उमेदवारहरूले कीर्तिमानी मत प्राप्त गरेका थिए । 

चुनावी अभियानमा जीवनयापनसँग सम्बन्धित मुद्दाहरू हावी हुने सम्भावना छ ।

पत्रकार सम्मेलनमा एन्थोनीले जीवनयापनको मुद्दालाई सम्बोधन गर्ने आफ्नो वाचा दोहोर्‍याएका छन् । 

उनले पहिले नै थप निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण घटाउने र कर कटौती लागु गर्ने योजना घोषणा गरिसकेका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वी पिटर डटनलाई निर्वाचित गरे देश एक कदम पछाडि हट्ने बताएका छन् । बीबीसी 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro