site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालगञ्ज, भैरहवा र धनगढीको अधिकतम तापक्रम ३८ डिग्रीमाथि, काठमाडौंको कति छ ?
फाइल तस्बिर ।

काठमाडौं । देशभर तापक्रम बढ्दो क्रममा छ । गएको फागुन १७ गते (मार्च १)देखि प्रिमनसुन अवधि सुरु भएयता न्यूनतम र अधिकतम तापक्रम दिनहुँजसो बढिरहेको छ ।

बिहीबार नेपालगञ्ज, भैरहवा र धनगढीको अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार साँझ नेपालगञ्जको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, भैरहवाको ३८.४ र धनगढीको ३८.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३५.२, धनगढीको ३५.५ र भैरहवाको ३५.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै, बिहीबार काठमाडौंको अधिकतम तापक्रम २९.२ डिग्री सेल्सियस मापन गरिएको छ । बुधबार भने २७.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro