site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रिय परिचयपत्र बनाउन सिडिओ कार्यालय पुगेका वृद्धको लडेर मृत्यु

‎‎सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । सिडिओ कार्यालयमा लडेका बागचौर नगरपालिका टाट्केका ७० वर्षीय टीकाराम वली रहेको निधन भएको हो ।
 
जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार उनी बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

“उहाँ आएर सेवा लिनेक्रममा लड्नुभयो । त्यसपछि तुरुन्तै जिल्ला अस्पताल सल्यान पुर्‍याएका थियौँ । तर, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्‍यो,” उनले भनिन् । 

प्रजिअ पुनका अनुसार मृतक वृद्धका दुई छोरा पनि आइपुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro