site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिनामंगलबाट लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले चैत्र १४ गते दिउँसो काठमाडौं  महानगरपालिका–९ सिनामंगलबाट करिब सात किलोग्राम पोल्यान्ड नामक लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरू खोटाङको लामिडाँडा–७ घर भई काठमाडौं महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौं महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षीय लक्ष्मी परियार छन् ।

उनीहरूलाई लागुऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा  लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरूले प्रयोग गरिरहेको दुई थान मोटरसाइकल, ६ थान मोबाइल र केही नगद समेत बरामद गरिएको छ ।

नियन्त्रणमा लिइएका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाइएको छ ।
 
यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट ५–५ किलोग्राम सोही लागुऔषधसहित तीनजना युवकलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro