site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘बहिनीलाई जिस्क्याएको निहुँमा’ इमाडोलमा युवकको हत्या, एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरको इमाडोलमा बुधबार (चैत १३) राति एक युवकको हत्या गरिएको छ । खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

इमाडोलको शिव मन्दिरनजिक रामेछापका ३० वर्षीय रीपक खातीको हत्या गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापकै २५ वर्षीय सुमन रसाइली छन् ।

गए राति (बिहीबार बिहान) करिब पौने १ बजे खातीमाथि खुकुरी प्रहार गरिएको थियो । मन्दिरमा बोलाएर उनको हत्या गरिएको थियो । घटनाको केही समयपछि रसाइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाती र रसाइली दुवै ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा बस्दै आएका थिए । आफ्नो बहिनीलाई जिस्क्याएका कारण खुकुरी प्रहार गरेको रसाइलीले प्रहरीलाई बताएका छन् ।

“बहिनीलाई जिस्क्याएको निहुँमा हत्या गरेको भन्ने छ,” एसपी रेग्मीले बाह्रखरीसित भने, “थप अनुसन्धान गर्दै छौँ । हत्या गर्नेलाई राति नै पक्राउ गरेका छौँ ।”

दुवैजना रामेछापका र यहाँ पनि एउटै स्थानमा बस्ने भएकाले उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको हुन सक्ने प्रहरीको आशंका छ । यसबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

खातीको शव पाटन अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro