site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महासंघको स्थापना दिवसमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्नो आफ्नो स्थापना दिवसका अवसरमा केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ । महासंघ यही चैत १६ गते ७०औँ वर्षमा प्रवेश गर्दै छ । 

महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखामा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।
 
स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिबद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रबन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी गराएका छन् ।

७०औँ स्थापना दिवसका अवसरमा केन्द्रीय समितिले यही चैत १६ गते शनिबार बिहान ७ बजे सिनामंगल चोकबाट सञ्चारग्रामसम्म प्रभातफेरी गर्ने र बिहान ९ बजेदेखि १ बजेसम्म महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण गर्ने तय भएको महासचिव दाहालले बताए । 

स्वास्थ्य परीक्षणमा बीएमआई, उच्च रक्तचाप, मधुमेह, मिर्गौला, पाठेघरको मुखको स्क्रिनिङलगायत हुनेछन् । यसअघि संघीय संसदका सांसदहरूको यस प्रकारको परीक्षण भएको थियो ।
 
केन्द्रीय कार्यालयमा हुने परीक्षणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेश समितिका साथै काठमाडौं, ललितपुर र भक्तपुर शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा आबद्ध सदस्यले भाग लिन पाउनेछन् ।
 
उपत्यकाबाहिरका जिल्ला शाखामा हुने परीक्षणमा जिल्ला शाखाका साथै शााखाको जिल्लामा रहेका प्रदेश समितिमा आबद्ध पत्रकारको सहभागिता रहनेछ । 

यसका अतिरिक्त प्रदेश र शाखाले रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro