site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको  हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा खप्तडछान्ना गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेन्ट इन्जिनियर जनक थामा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकाय छन् ।

अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो दाबी गरिएको छ । 

खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धान हुँदा सिम्लका घट्ट सिँचाइ योजना निर्माणमा झुट्टा बिल भरपाइका आधारमा उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro