site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबै समूहगत परिसूचक हरियाली, नेप्से ३९.१३ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३९.१३ अंकले बढेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ विन्दुमा बन्द भएको छ । २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी सेयर मूल्य ५३ रुपैयाँ ५६ पैसा बढेर एक हजार २५२ रुपैयाँ ७१ पैसा कायम भएको छ । राप्ति हाइड्रो एण्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य २८ रुपैयाँ ७३ पैसा बढेर ५२९ रुपैयाँ कायम भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर तीन हजार ४३१ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro