site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हितेन्द्रदेवविरुद्ध प्राधिकरणको गेटमा कुलमान समर्थकको प्रदर्शन

काठमाडौं । कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि उनका सर्मथकले नेपाल विद्युत् प्राधिकरणको गेटमा नाराबाजी गरेका छन् । समर्थकले नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध नाराबाजी गरेका हुन् । 

कुलमान घिसिङको कार्यकाल करिब ४ महिना बाँकी रहँदा सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो । घिसिङको बर्खास्तीलाई लिएर प्रतिपक्षी दलले सदन अवरोध गरेका छन् भने समर्थकहरु सडकमा आएका छन् । 

प्राधिकरण अगाडिको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरीले बल प्रयोग गरेको प्रदर्शनकारीलाई हटाएको थियो ।

ऊर्जामन्त्री दीपक खड्काको कोपभाजनमा परेपछि घिसिङ अदालत जाने तयारीमा छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro