site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इटहरीको सेन्टर प्लाजा आगलागीमा फसेका ११ जनाको उद्धार

काठमाडौं । सुनसरीको इटहरी उपमहानरपालिका ६ स्थित सेन्टर  प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको हो ।
 
उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन ।
 
“अहिलेसम्म ११ जनाको सकुशल उद्धार गरेका छौँ । आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छैन । अझै अन्य मानिस फसेका छन् कि भनेर खोजी भइरहेको छ,” प्रजिअ मिश्रले भने ।
 
उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको प्रजिअ मिश्रले बताए । 

सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro