site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली
फाइल तस्बिर ।

काठमाडौं । नबिल बैंकको कायममुकायम (कामु) सीईओको जिम्मेवारी सिनियर डेपुटी सीईओ मनोज ज्ञवालीले पाएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गर्दै सीईओको जिम्मेवारी ज्ञवालीलाई दिएको हो ।

ज्ञवालीले आजैदेखि लागु हुने गरी जिम्मेवारी पाएका हुन् ।

नबिल बैंक अनुसार, बैठकले चैत १० गतेदेखि नै लागु हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ ।

ढुंगाना गभर्नरको आकांक्षी भएकाले नबिल बैंकबाट बाहिरिएको हुन सक्ने स्रोतहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro