site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासको विरोधमा गाजामा प्यालेस्टिनी सडकमा, के छ प्रदर्शनकारीको माग ?

काठमाडौं । हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू सडकमा उत्रिएका छन् । मंगलबार गाजामा हमासविरुद्ध विरोध प्रदर्शन भएको थियो । उत्तरी गाजाको बैत लाहियाको सडकमा सयौँ मानिस हमासको विरोधमा उत्रिएका हुन् । 

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि पहिलोपटक मानिस हमासको विरोधमा यति ठूलो संख्यामा बाहिर निस्किएका हुन् । प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका छन् ।

यसैबीच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका छन् । केही लडाकुहरूको हातमा हतियार पनि थियो । उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिटसमेत गरे । 

हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाए । तीमध्ये धेरै युवा उत्तरी गाजाको बैत लाहियाको सडकमा देखिए । उनीहरू  ‘बाहिर...बाहिर...बाहिर...हमास बाहिर...’ भन्ने नारा लगाइरहेका थिए । 

सका समर्थक मानिने समूहहरूले यस विषयमा हमासको बचाउ गरे । हमास समर्थकहरूले यी प्रदर्शनहरूलाई सामान्य भनेका छन् ।

उनीहरूले यी विरोध प्रदर्शनमा भाग लिनेहरू ‘देशद्रोही’ भएको आरोप लगाएका छन् । यस विषयमा हमासको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । बीबीसी 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro