site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापाबाट ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद   

काठमाडौं । सशस्त्र प्रहरी बलले चैत्र १२ गते झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ  ।
 
उक्त लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
 
विशेष सूचनाका आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । 

दुईवटा घरमा ठूलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानै बाट नं. २ गण  झापाबाट डिएसपीको कमान्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारिएको थियो ।

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारबाहीका निम्ति राजस्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मूल्यको सामान भन्ने यकिन भने भएको छैन । प्रहरीले करिब एक करोड मूल्यबराबरको हुन सक्ने अनुमान गरेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro