site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्त्रालयमा नियुक्तिपत्र कुर्दै हितेन्द्र, कुलमानले पनि पाएनन् बर्खास्ती पत्र

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्तिपत्र दिन ढिलाइ गरेको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, मंगलबार अपराह्न साढे ५ बजेसम्म पनि शाक्यले नियुक्तिपत्र पाएका छैनन् ।

उनी नियुक्तिपत्र कुरेर ऊर्जा मन्त्रालयमा छन् । “नियुक्तिपत्र आएको छैन । म ऊर्जा मन्त्रालयमै छु । मन्त्रिपरिषद्को निर्णय आएपछि पत्र आउला,” उनले भने ।

उता घिसिङले समेत बर्खास्तीको पत्र पाएका छैनन् । मंगलबार अपराह्नसम्म पनि घिसिङले बर्खास्ती पत्र नपाएको स्रोत बताउँछ । पत्र पाएलगत्तै घिसिङ अदालत जाने तयारीमा छन् ।

"मैले पत्र पाएको छैन, पत्र पाएपछि अदालत जान्छु र त्यसपछि सबै कुरा भन्छु," मन्त्रिपरिषद्को निर्णयपछि घिसिङले बाह्रखरीसँग भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro