site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक प्रति विज्ञापन प्रकाशनबाट भ्रष्टाचार गरेको अख्तियारको अनौठो अभियोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अनौठो प्रकृतिको भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको ठेक्कापट्टा बोलपत्र आह्वान र स्वीकृत विज्ञापन एक प्रति मात्र प्रकाशन गरी कसूरजन्य कारोबार गरेको अभियोगमा मुद्दा चलाएको हो । अख्तियारले पत्रिकाका मालिकसहित तीनजनाविरुद्ध भ्रष्टाचारको अभियोग लगाउँदै मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा उक्त कम्पनीका अध्यक्ष वृजकुमार यादव, बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखा अधिकृत सुमनकुमार पुरीविरुद्ध ६ लाख ४४ हजार एक रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको हो । आयोगले प्रशासकीय अधिकृत, लेखा अधिकृतसरह यादवलाई मुख्य कसूरदार ठहर्‍याएको छ । अभियोगपत्रमा बिगोबमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग दाबी लिएको छ ।

आयोगका अनुसार, बटेश्वर गाउँपालिकाको वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माणका काम हुँदै गर्दा ठेक्का निम्ति सार्वजनिक बोलपत्र आह्वान गर्नुपर्ने थियो । तर, ठेक्काको अभिलेख राख्न मात्रै जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका एक प्रतिमात्र बोलपत्र प्रकाशन गरेको दाबी आयोगको छ ।

ठेक्का अभिलेख राख्ने प्रयोजनार्थ ०७६ माघ २४ गते बोलपत्र आह्वान भएको र ०७६ चैत ३ गते बोलपत्र स्वीकृतको सूचना एक प्रतिमात्र प्रकाशित गरेको भेटिएको आयोगले जनाएको छ । आयोगले झुट्टा विवरणसहित पत्रिका गाउँपालिकामा पेस गरी÷गराई भुक्तानी लिएको र भुक्तानी दिने सरकारी अधिकारीद्वयलाई अभियोग लगाएको हो ।
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro