site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढीकाे वायु खतराको तहमा, इलाम पनि अस्वस्थकर

काठमाडौं । कैलालीको धनगढीको वायु मंगलबार दिउँसो खतराको तहमा पुगेको छ । वातावरण विभागका अनुसार दिउँसो ३ः३० बजे त्यहाँको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २७४ पुगेको छ ।

मंगलबार दिउँसो इलाम पनि अस्वस्थकर बनेको छ । सोही सयममा एक्यूआई ११३ पुगेसँगै त्यहाँको वायु दीर्घरोगी, वृद्धवृद्धा तथा बालबालिकाका निम्ति अस्वस्थकर बनेको हो ।

काठमाडौं शंखपार्कको वायु पनि ११४ एक्यूआईसहित संवेदनशील वर्गका निम्ति अस्वस्थकर छ । यीबाहेक अरू सहरमा एक्यूआई १०० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । 

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro