site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
५८.०५ अंकले घट्यो नेप्से, सबै समूह राताम्य

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार (चैत १२) ५८.०५ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।

यस दिन पाँच अर्ब १८ करोड सात लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार (चैत ११) चार अर्ब ४८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

नेप्से परिसूचक २.१९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ । चार कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सबै समूहगत परसूचक घटेर राताम्य भएको छ । परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.५० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro