site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साइप्रसका यी सात विश्वविद्यालयमा मात्र पढ्न जान पाइने 

काठमाडौं । सरकारले अब साइप्रसका सात विश्वविद्यालयमा मात्र पढ्न जान अनुमति दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती सात विश्वविद्यालयका निम्ति मात्र वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने जनाएको छ ।

साइप्रसका अरू कुनै विश्वविद्यालय शैक्षिकस्तर मापदण्ड र वातावरणका हिसाबले उपयुक्त नभएको भन्दै परराष्ट्र मन्त्रालयले पत्राचार गरेको शिक्षाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ९८ र ०८१ साउनदेखि असोज अन्तिमसम्म ११२ विद्यार्थीले साइप्रस जान एनओसी लिएका मन्त्रालयको तथ्यांक छ ।

यी हुन् एनओसी दिइने सात विश्वविद्यालय– 
१. फ्रेड्रिक युनिभर्सिटी 
२. युरोपियन युनिभर्सिटी अफ साइप्रस 
३. युनिभर्सिटी अफ निकोसिया
४. यसुनिभर्सिटी अफ सेन्ट्रल ल्यान्क्यास्हायर 
५. युनिभर्सिटी अफ साइप्रस
६.ओपन युनिभर्सिटी अफ साइप्रस
७. साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजी

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro