site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हुथी विद्रोहीमाथि आक्रमण गर्ने योजना चुहावटबारे के भन्छन् ट्रम्प ?

काठमाडौं । हुथी विद्रोहीमाथि आक्रमण गर्ने योजना चुहावट भएको दाबी झुट भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 

शीर्ष अमेरिकी सुरक्षा अधिकारीहरूले यमनमा आक्रमण गर्ने योजना ‘द एट्लान्टिक’का प्रधान सम्पादक जेफ्रा गोल्डबर्गले गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् । उनले भने, “मलाई यसबारे केही थाहा छैन । मेरो लागि, द एट्लान्टिक बन्द हुन लागेको पत्रिका हो ।” 

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि पत्रकारको दाबीलाई स्वीकार गरेका छैनन् ।

एक प्रश्नमा उनले भने, “तपाईं एक धोकेबाज र कुख्यात तथाकथित पत्रकारको बारेमा कुरा गर्दै हुनुहुन्छ । युद्ध योजनाको बारेमा कसैले पनि सन्देश पठाउँदैन । यसबारे मसँग अरु केही भन्नु छैन ।” 

पत्रकारको दाबी के हो ?
जेफ्रा गोल्डबर्गले मार्च ११ मा, आफूले सिग्नल एपमा एउटा सन्देश प्राप्त गरेको बताएका छन् । “यो अकाउन्ट ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जको थियो,” उनले भनेका छन् । 

“मार्च १३ मा, मैले यसबारे एउटा सूचना प्राप्त गरेँ । त्यसमा भनिएको थियो कि मलाई च्याट समूहमा थपिएको छ । यो ग्रुपको नाम ‘हुथी पीसी स्मल ग्रुप’ थियो । यो ग्रुपमा हुथी विद्रोहीहरूलाई आक्रमण गर्न यस समूहमार्फत समन्वय गरिनेछ भन्ने सन्देश दिइएको थियो ।” 

मार्च १५ मा आफूले अर्को सन्देश प्राप्त गरेको ती पत्रकारले बताएका छन् । “त्यसमा हुथी विद्रोहीहरूमाथि आक्रमण भइरहेको भनिएको थियो । दुई घण्टापछि वाल्ट्जले सोही च्याट ग्रुपमा लेखे, अपरेसन सफल भयो,” उनले भने । 

यस विषयमा अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनका पूर्व यातायात सचिव पैट बटिगिगले यस विषयमा प्रश्न उठाएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखे, “यी मानिसले अमेरिकालाई सुरक्षित राख्न सक्दैनन् ।” 

यसैबीच, सभामुख माइक जानसनले  ट्रम्प प्रशासनले यो गल्ती भएको स्वीकार गरेको बताएका छन् । बीबीसी

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro