site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा रुसको आक्रमण, कति भयो क्षति ? 

काठमाडौं । युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा २८ जना घाइते भएका छन् । जसमा बालबालिका पनि छन् । 

युक्रेनी सहर सुमीका कार्यवाहक मेयर आर्तेम कबजारले रुसले उत्तरी युक्रेनको सुमी सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणमा चार बालबालिका सहित कम्तिमा २८ जना घाइते भएका छन् ।

कबजारका अनुसार आक्रमण आवासीय क्षेत्र र बालबालिकाको अस्पतालजस्ता आवश्यक सुविधाहरूलाई लक्षित गर्दै भएको थियो । 

सुमी क्षेत्रीय प्रशासनका प्रमुख वलोडिमिर आर्त्युखले घटनास्थलबाट एउटा भिडियो सार्वजनिक गरे । उक्त भिडियोमार्फत उनले आक्रमणमा धेरै आवासीय भवनहरू र एउटा विद्यालयमा क्षति पुगेको बताएका छन् ।

क्षेत्रीय प्रशासनले आक्रमणहरूको भिडियो पोस्ट गरेको छ । जसमा भत्किएका भवन र अपार्टमेन्टहरूबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ । बीबीसी
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro