site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पाँचथरमा बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।

१६ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (चैत ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार (चैत ७) बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro