site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानी टयांकरले ठक्कर दिँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आइतबार पानी टयांकरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

भे १ ख ४१०७ नं को पानी टयांकरले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

घटनापछि आक्रोशित भएका स्थानीयले टयांकरमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए । रासस

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro