site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
फाइल तस्बिर ।

पाल्पा । पाँच दिनदेखि बेपत्ता भारतीय युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका भारतको उत्तर प्रदेशको गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आइतबार (चैत १०) मृत फेला परेका हुन् । 

गएको बुधबार दिउँसो नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका थिए । उनको शव राम्दीघाटदेखि झन्डै एक किलोमिटर टाढा बग्दै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी सुनील मल्लले जानकारी दिए ।

पोखराबाट घुमेर घर फर्कने क्रममा पाण्डेयसहित चारजना कालीगण्डकीमा नुहाउन गएका थिए । त्यसक्रममा पाण्डेय डुबेर बेपत्ता भएको डीएसपी मल्लले बताए । रासस
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro