site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पका विशेष दूतले गरे रुस–युक्रेन युद्ध अन्त्य गर्ने युरोपेली योजना खारेज
केयर स्टारमर । तस्बिर : रोयटर्स ।

काठमाडौं । युक्रेनमा युद्धविराम गराउन अन्तर्राष्ट्रिय सेना गठन गर्ने बेलायती प्रधानमन्त्री केयर स्टारमरको योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले खारेज गरेका छन् । विकटफले उक्त योजनालाई ‘देखावटी’ भन्दै खारेज गरेका हुन् ।

स्टिभ विटकफले उक्त विचार बेलायती प्रधानमन्त्री र अरू युरोपेली नेताहरूको सामान्य सोचमा आधारित रहेको बताएका छन् । युरोपेली नेताहरू सबै ‘विन्स्टन चर्चिलजस्तै हुनुपर्छ’ भन्ने सोचबाट ग्रसित रहेको उनले जनाएका छन् ।

ट्रम्प समर्थक पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका छन् । रुसी राष्ट्रपति आफूलाई मन पर्ने पनि उनले बताएका छन् ।

उनले भनेका छन्, “म पुटिनलाई नराम्रो मान्छे मान्दिनँ । उनी धेरै बुद्धिमान छन् ।”

विटकफले रुस र युक्रेन दुवै देशसँग अमेरिकी युद्धविराम वार्ताको नेतृत्व गरिरहेका छन् । तर, उनले रुसी सेनाले कब्जा गरेका वा आंशिक रूपमा ओगटेका युक्रेनका पाँच क्षेत्रको नाम लिन सकेनन् ।

“त्यो युद्धमा सबैभन्दा ठूलो समस्या यी तथाकथित चार क्षेत्रहरू हुन्, डोनबास, क्रिमिया । तपाईंलाई नाम थाहा छ, त्यहाँ अरू दुई छन्,” उनले भने । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro