site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात महिनामा दुई खर्ब २१ अर्बभन्दा बढी वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्म वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएर दुई खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश २५.५ प्रतिशत छ । ऋणको अंश ७४.५ प्रतिशत छ ।

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिना (२०८० साउनदेखि माघ मसान्तसम्म)को अवधिमा नेपालले मात्र ८९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

“कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ऊर्जा क्षेत्रमा २५.५ प्रतिशत प्राप्त भएको छ । सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रकम प्राप्त भएको छ,” अर्थ मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार, प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये २५.५ प्रतिशत ऊर्जा, २१.६ प्रतिशत वातावरण र जलवायु, १२.९ प्रतिशत सिँचाइ, ११.५ प्रतिशत पानी, ९.१ प्रतिशत विपद् व्यवस्थापन, ६.१ प्रतिशत यातायात, ४.३ प्रतिशत कृषि र बाँकी अन्य क्षेत्रमा छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro