site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । विश्व मौसम दिवसका अवसरमा आइतबार (चैत १०) काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी, जलविद्युत् आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको उनले उल्लेख गरे । उनले जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका निम्ति पूर्वतयारी नगरिए भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउन सक्ने बताए ।

“नेपालका हिमनदीहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन् । वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ कि नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ,” उनले भने, “यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन् ।”

मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकिएको बताए । जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने उनले प्रतिबद्धता जनाए ।

“नेपालमा धेरैजसो जलविद्युत् परियोजनाहरू, सिँचाइ आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन्,” उनले भने, “यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका साथै हिमनदीहरूको संरक्षण, समयमै पूर्वसूचना प्रणाली र सुदृढीकरण र जोखिम न्यूनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ ।”

मन्त्री खड्काले सरकारले हिमनदीहरूको विस्तृत अध्ययन, जलचक्रको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिबद्धता जनाए । हिमनदीहरूको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro