site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

गाजा । गाजापट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टाइनीको मृत्यु भएको छ । २६३ जना घाइते भएका गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् ।

सन् २०२३ को अक्टोबरमा सुरु प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको संख्या ४९ हजार ७४७ पुगेको छ । घाइतेको संख्या एक लाख १३ हजार २१३ पुगेको छ ।

धेरै पीडित भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीको पहुँच बाहिर रहेका विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य अधिकारीहरूले गाजापट्टीका बासिन्दालाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।

जनवरी १९ मा सुरु हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मंगलबारदेखि गाजामा पुनः आक्रमण थालेको थियो । त्यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेसन सुरु गरेको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro